१० माघ २०७४, बुधबार

एजेनसी । लिबियाको बेनघाजी शहरमा कार बम विस्फोट हुँदा २७ जनाको ज्यान गएको छ ।

३० जनाभन्दा धेरै घाइते भएका छन् । त्यहाँको मस्जिद नजिकै दुईवटा कार बम बिस्फोट भएको बिबिसीले जनाएको छ ।

बुधबार बिहान भएको बिस्फोटमा सेना र सर्वसाधारण नागरिक हताहती भएका छन् । बम विस्फोट कसले गरायो भन्ने जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV