१० माघ २०७४, बुधबार

इटहरी । इटहरीमा जारी मदन भण्डारी स्मृती अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा बुधबार आज हुने पहिलो सेमिफाइनल हुँदै । आज हुने पहिलो सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

थ्रीस्टारले शसस्त्र प्रहरी बल एपीएफलाइ उद्घाटन खेलमा २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने आर्मीले डुक युनाइटेड क्लब भुटानमाथि ५–० को फराकिलो जित निकाल्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको हो ।

यी दुई टीमबीचको खेल दिउसो साढे दुई बजे स्थानीय क्षेत्रीय रंगशालामा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा भने विहीबार मनाङमस्र्याङदी र गरिफा स्पोर्टिङ क्लब कोलकत्ताबीच हुनेछ । गरिफाले मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृती क्लबलाइ १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मंगलबारको अन्तिम क्वाटर फाइनल खेलमा गरिफा क्लब बिजयी भएपछि सेमिफाइनल समिकरण पुरा भएको थियो । मनाङ भने झापा–११ माथि ४–३ को जित निकाल्दै सेमिफाइनल पुगेको हो ।

सो खेलको विजेताले नगद १२ लाख र उप विजेताले ६ लाख नगदसहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV