१० माघ २०७४, बुधबार

दीपक भट्ट,

रामेछाप ।  अकस्मात रुपमा बुधबार विहान देखि परेको अविरल वर्षासँगैको हिमपातका कारण रामेछापको उत्तरी क्षेत्रका भूकम्प पीडितहरु बनेका छन् ।

घर बनाउन नसकेका र घर बनाउदै गरेका पीडितहरु पाल तथा टहरामा रहेका कारण चिसोको मारमा परेका छन् ।

वुधवार विहान देखि परेको वर्षात र हिमपातका कारण रामेछापको उत्तरी क्षेत्र अन्तर्गत उमाकुण्ड गाउँपालिका अन्तर्गत गुम्देल, वाम्ती, प्रिती, चुचुरे ठोसे लगायतमा वसोवास गर्ने सर्वसाधारणहरुको विचल्ली भएको छ ।

त्यसैगरी पश्चिमी क्षेत्र अन्तर्गत दोरम्वा गाउँपालिका अन्तर्गत डडुवा र दोरम्वामा परेको हिमपातले त्यस क्षेत्रमा वसोवास गर्ने भुकम्प पीडितहरुको विचल्ली भएको छ ।

वर्षातसँगै हिमपातका कारण वढेको चिसोले गर्दा सर्वसाधारणहरु विहानैदेखि घरवाट वाहिर निस्कन समेत नसकेको गुम्देलका वडा सचिव गणेश थापाले टेलिफोन मार्फत जानकारी दिनुभयो ।

अकस्मात पानीसँगै हिमपातले चिसो वढाएसँगै विशेषगरी बृद्धबृद्धा, वालवालिका, सुत्केरी र दमका रोगी विरामीहरु प्रत्यक्ष मारमा परेका छन् ।

त्यसैगरी भुकम्पले घरवारविहीन वनाएर अस्थायी टहरामा वस्दै आएका भूकम्प पीडितहरु पनि मारमा परेका छन् । रामेछापमा वुधवार विहानैदेखि पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV