१० माघ २०७४, बुधबार

बलिउडकी स्थापीत नायीका दीपिका पादुकोण र नायक रणवीर सिंह विगत पाँच वर्षदेखि प्रेममा छन् । पछिल्लो समय उनीहरू बिहे बन्धनमा बाँधिन लागेको खबर आइरहेको छ । तर, वास्तवमा उनीहरू अहिले नै बिहेको मुडमा भने छैनन् ।

दीपिका र रणवीरले यसपालिको नयाँ वर्ष भियनामा मनाए । त्यसैगरी, दीपिकाले आफ्नो ३२औँ जन्मदिन (५ जनवरी) रणवीरका साथ श्रीलंकामा बिताइन् । केही दिनअघि दीपिका रणवीरकी बिरामी हजुरआमालाई भेट्न गइन् । उनीहरूको सम्बन्ध अत्यन्तै प्रगाढ छ ।

हाल यी जोडीको प्रदर्शनमा रहेको संजयलीला भंसालीको फिल्म पद्मावत को फर्स्ट स्क्रीनिंग गए राती मुंबईमा भएको थियो। फिल्मको स्क्रीनिंगमा दीपिका पादुकोण र रणवीर सिंह एकअर्काको हातमा हात राखी बडो खुशीका साथ उपस्थीत देखीन्थे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV