१० माघ २०७४, बुधबार

न्युयोर्क, १० माघ । अमेरिकाको केन्टुकी राज्यको बेन्टोनस्थित एक विद्यालयमा एक युवाले विद्यालयभित्रै अन्धाधुन्ध गोली चलाउँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

बेन्टोनस्थित मार्सल काउन्टी हाईस्कुलमा कक्षा सञ्चालन हुनुपूर्व १५ वर्षीय ती किशोरले अन्धाधुन्द गोली चलाएका थिए । गोली लागेर एक १५ वर्षीय किशोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । अर्का विद्यार्थीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बेली होल्ट र प्रेस्टन कोप रहेको बताइएको छ । घाइतेमध्ये १२ जना विद्यार्थीलाई गोली लागेको छ । अन्य विद्यार्थी भागदौडका क्रममा घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

बिहान करिव ८ बजेतिर भएको सो घटनामा संलग्न युवकको भने परिचय खुल्न नसकको प्रहरीले जनाएको छ ।

कक्षा सञ्चालनका लागि सबै जुटिरहेको बेला अकस्मात अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV