१० माघ २०७४, बुधबार

काठमाडौं । दयाह्याङ राई तथा स्वेता खड्का अभिनित चलचित्र कान्छी को ट्रेलर तथा पोस्टर सार्वजानीक भएको छ ।

आकाश अधिकारीको निर्देशन रहेको फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ को ट्रेलर ‘मंगलबार ‘सार्वजनिक गरिएको हो ।

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलोपटक श्वेताले अभिनय तथा निर्माण गरेको यो फिल्ममा गाउँले प्रेमकथा रहेको कुरा ट्रेलरले देखाउँछ।

३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । 

फोटो: नविन राई

भिडियो

प्रतिक्रिया दिनुहोस्

LIVE TV