१० माघ २०७४, बुधबार

अन्नपूर्ण पोस्ट्को कार्यालयबाट देखिएको काठमाडौंको धमिलो आकाश

काठमाडौं,माघ १०: देशका अधिकांश भूभागमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। कतिपय जिल्लामा हिउँ तथा वर्षासँगै असिना परेको प्रारम्भिक सूचना आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसम विज्ञ विभूति पोखरेलका अनुसार यो वर्षा अन्त्यसँगै तापक्रम बिस्तारै बढ्नेछ। ‘अब एक दुई दिनपछि बिस्तारै तापक्रम बढ्छ’, पोखरेलले भनिन्, ‘यसको नेचर (प्रकृति) कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ।

राजधानी काठमाडौंका सडकमा मानिसहरू लामो समयपछि छाता ओढेर हिँडेको देखिएको छ। काठमाडौंको आकाश धुम्म छ। यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV