१० माघ २०७४, बुधबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र ९सेज० क्षेत्रमा विद्युत् उपलब्ध गराउने सुनिश्चित गरेपछि सेज व्यवस्थापनले उद्योगहरूलाई सञ्चालन सम्झौताका लागि बोलाउने भएको छ ।

१५ दिनभित्र सम्झौता गर्ने समयसीमा राख्दै सेज व्यवस्थापनले उद्योगहरूलाई सम्झौताका लागि सूचना जारी गर्न लागेको हो । भैरहवा सेजभित्र १९ उद्योगले यसअघि नै समझदारी गरिसकेका छन् भने अव सञ्चालन सम्झौता हुनेछ । आजको कारोबार दैनिकमा खबर छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवास्थित सेजलाई तुरुन्तै विद्युत् दिन राजी भएपछि सेज व्यवस्थापन तातेको हो । संरचना निर्माण भएपनि विद्युत् अभावका कारण सेज सञ्चालनमा आउन सकेको थिएन । प्राधिकरणले ७ मेगावाटसम्म विद्युत् तुरुन्त दिनसक्ने बताएपछि अव भने भैरहवाको सेज सञ्चालनमा आउने सम्भावना बढेको छ ।

सेजकै क्षेत्रबाट ३३ केभिको लाइन गएको र सेजले माग गरेमा ५ देखि ७ मेगावाटसम्म विद्युत् उपलब्ध गराउनसक्ने प्राधिकरणले जनाएको छ । विद्युत् अभावकै कारण सेज सञ्चालनबाट बञ्चित नहुने प्राधिकरण कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV