१० माघ २०७४, बुधबार

काठमाडौँ । ६ नम्बर प्रदेश संसद्मा एमालेको हिस्सा ५० प्रतिशत छ । कुल ४० मध्ये २० सिट एमालेसँग छ । तर, वाम गठबन्धनको भागवण्डा क्रममा प्रदेश सरकारको नेतृत्व पाउनेमा एमाले ढुक्क देखिँदैन । आजको नागरिक दैनिकमा खबर छ ।

संभवतः त्यसैले उसले सोमबार संसदीय दलको बैठकबाटै सरकारको नेतृत्व दाबी गरेको छ । एकालेका सतप्रतिशत उम्मेदवार विजयी गराउन सफल भएकाले प्रदेश सरकारको नेतृत्व दावी गर्ने र त्यसका लागि पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षणसमेत गराउने निर्णय गरियो, प्रदेश सहसंयोजक यामलाल कँडेलद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV