१० माघ २०७४, बुधबार

काठमाडौँ,माघ १०। नेपाली काँग्रेस र मधेस केन्द्रित दलहरुबीच राष्ट्रियसभा निर्वाचनका लागि तालमेल गर्ने सहमति बनेको छ । बामगठबन्धनसँग सहमति नभएपछि मधेसी दलहरु राजपा र संघीय समाजवादी फोरमले काँग्रेससँग चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

मंगलबार अबेर भएको छलफलमा तीन दलबीच दुई-दुई सिट बाँड्ने सहमति भएको हो । प्रदेश नम्बर २ का ८ सिट मध्ये तीन दलले २/२ सिट लिनेछन् । तीन दलले दुई-दुई सिट बाँड्दा बामगठबन्धनले दुई सिट पाउने निश्चित छ । अन्य प्रदेशमा मधेसी दलहरुको समर्थन रहँदा काँग्रेसलाई फाइदा पुग्नसक्छ ।

मधेस केन्द्रित दलहरुले राज्य पुनर्संरचनाको सर्त अघि सारेपछि बामगठबन्धनसँग सहमति हुन नसकेको राजपाका नेता मनिष सुमनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV