१० माघ २०७४, बुधबार

काठमाडौं । मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्।

मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्। आजको नागरिक दैनिकमा खबर छ ।

राजपाका महासचिव केशव झाका अनुसार प्रदेश नम्बर २ का ८ सिटमध्ये आधारआधा सीट लिने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV