१० माघ २०७४, बुधबार

काठमाडौँ । माओवादीले चलाएको सशस्त्र संघर्षका क्रममा जीवनभरका लागि चोट बोकेर बाँचेका धेरैमध्ये एक थिए गोपालप्रसाद शर्मा। तत्कालीन माओवादीले तेजाब खन्याइदिएपछि दुवै आँखाको दृष्टि गुमाएका रुकुमका गोपालप्रसाद शर्मा अहिले बाँकेको कोहलपुरमा बस्छन्। अन्नपुर्ण पोस्टमा खबर छ ।

लामो समयदेखि गुमनाम जीवन बिताइरहेका उनै गोपालप्रसाद मंगलबारदेखि एकाएक चर्चामा छन्। माओवादीले दिएको चोट बोकेर बाँचिरहेका दृष्टिविहीन उनलाई नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार बनाएसँगै राष्ट्रियस्तरमा उनको चर्चा भइरहेको छ। शर्मालाई प्रदेश नम्बर ६ बाट अपाङ्ग कोटामा कांग्रेसले उम्मेदवार बनाएको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV