९ माघ २०७४, मंगलवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशमबहादुर खड्का तीन लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।

काठमाडौंको पेप्सीकोलास्थित स्किम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीकुमार गुरुङ सेयर सदस्यको पैसा लिएर ६ महिना अघि फरार भएपछि अईस खड्काले बुटवलमा कार्यरत छँदा फरार गुरुङका बुवासंग पिडितलाई सवै पैसा दिने भनि कागज गराएका थिए ।

असई खड्काले दुवै पक्षलाई कार्यालय बाहिर राखी एक करोड ३० लाख रुपैयाँको कागज गराएका थिए । तर असई खड्काले त्यो काजग आफैसंग राखे र पैसा दिए मात्र कागज दिने भनि बार्गेनिङ सुरु गरे ।

अन्त्यत पिडित पक्षले ३ लाख रुपया दिने भनेपछि उन्ले कागज दिन मानेका थिए । पिडितहरुले यस विषयमा अख्तियारमा निवेदन दिएपछि अख्तियारका असई खड्कालाई माछापोखरी स्थित चिया पसलबाट ३ लाख रुपयां लिदै गर्दाै रंगे हात पक्राउ गरेको हो ।

यस अख्तियारको सहयोगमा सिधा कुरा टिमले गरेको स्ट्रिङ अपरेसनमा बालाजु वृतका डिएसपीसहित अन्य चार जनालाई अख्तियारले नियन्त्रणा लिएको थियो ।

दशैको मुखमा बालाजु चौकीमा गंगा देवानलाई राखी प्रहरीलेनै २० लाख रुपयां फिरौती मागको थियो ।

अन्त्यमा पिडित पक्षाले ५ लाख मात्र दिन सक्ने भनेपछि चन्द्रसिह भाटलाई चौकी भित्रै उक्त रकम बुझेका थिए ।

असई भाट हवल्दार मनोज यादव, प्रहरी जवान पुस्कर शाह र विचौलिया विनोद थापालाई त्यतीखेरै अख्तियारले नियन्त्रणमा लिएपछि पछि मात्र उक्त घटनामा चौकीका प्रहरी ईन्चार्ज डिएसपी नविनकृष्ण भण्डारीको संलग्नता रहेको पाईएको थियो ।

यो मुद्धा अहिले विषेष अदालतमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV