९ माघ २०७४, मंगलवार

काठमाडौं। चीनको सान्दोङ प्रान्तका अन्तराष्ट्रिय ब्यापारिक प्रतिनिधिमण्डलले नेपालसँगको ब्यापारिक तथा पर्यटकीय संभावनाको बिषयमा छलफल गरेको छ । दुईपक्षिय ब्यापारिक बिस्तारको गर्न आपसी सहकार्यको लागि हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नेपाली ब्यापा।िरक प्रतिनिधिको तर्फबाट नेपाल चीन उद्योग बाणिज्य संघका उपाध्यक्ष पञ्चरत्न शाक्य र चीनको तर्फबाट ब्यापारिक सस्थका उपाध्यक्ष लि सियाजिङले हस्ताक्षर गर्नु भयो । सहमतीपत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै व्यापारिक सूचनाहरुको आदान प्रदान गर्ने बताइएको छ ।

अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चीन वीचको सदियौं पुरानो सुमधुर सम्बन्धको चर्चा गदै दुई पक्षिय ब्यापार बिस्तारको बिषयमा चर्चा गर्नु भयो । नेपालमा कृषि, खाद्यन्य तथा तयारी पोशाक उद्योग, पर्यटन, बैंकमा संयुक्त लगानीका बिषयमा छलफल भएको थियो । अन्तराष्ट्रिय सम्बन्ध निर्देशक जी सियाले औद्योगिक तथा अत्याधुनिक पर्यटन तथा सांस्कृतिक शहर भएको र नेपाली व्यवसायीहरुसंग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने अवसर मिलेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV