९ माघ २०७४, मंगलवार

कुनै समय एसियाकै नमुना क्यान्सर अस्पताल भरतपुर क्यान्सर अस्पताल अहिले रिफरल सेन्टरमा परिणत भएको छ ।

क्यान्सरका बिरामीलाइ दिइने महत्वपूर्ण सेकाइ थेरापी रेडियसन थेरापी को लागि रेडियसन अन्कोलोजी बिभागका चिकित्सकहरुले आफ्नो लगानी भएको भक्तपुरको काठमान्डौ क्यान्सर सेन्टर मा बिरामी रिफर गर्ने गरेका छन् ।

झापा शान्तिनगरका गोपाल खतिवडा आफ्नी आमा हेमकुमारीलाइ जिब्रोको क्यान्सर भएपछि भरतपुर क्यान्सर अस्पताल गए रेडियसन थेरापीको लागि पुष १० गते अस्पताल पुगेका उनलाई अस्पतालका रेडियसन अन्कोलोजिष्ट डा शिवजी पौडेलले रेडियसन थेरापीको लागि ३, ४ महिना कुर्नुपर्ने र राम्रो मेसिन पनि नभएको अझ समय मै उपचार नगरे रोग बढ्ने भन्दै आफ्नो लगानी भएको अस्पताल भक्तपुर स्थित काठमान्डौ क्यान्सर सेन्टरमा रिफर गरे ।

सरकारी अस्प्तालमा करिब ३० हजारमा हुने उपचारलाइ काठमान्डौ क्यान्सर सेन्टरमा २ लाख ४७ हजार तिर्नु पर्यो होटल खाना यातायात गरेर झन्डै ३ लाख जति पर्छ ।

सरकारीमा सस्तोमा हुने उपचारलाइ निजिले ढाड सकिने गरी पैसा लिए पछि उनी हाम्रो कार्यलयमा गुनासोको लागि आए ।

उनको गुनासो सुने पछि हामी काठमाडौं क्यान्सर सेन्टर गयौ, जहाँ पुग्दा थाहा भयो भरतपुर क्यान्सर अस्पतालबाट रेडियसन थेरापी गर्नुपर्ने सबैजसो बिरामीलाइ ३, ४ महिना कुर्नु पर्ने, मेसिन बिग्रिएको राम्रो मेसिन नभएको जस्ता बाहानाले रिफर गरिएको रहेछ ।

राजविराज देखि श्रीमानको उपचारको लागि आएकी सान्तिदेबीलाई पनि ४ महिना समय लाग्ने भन्दै डा. सुरेन्द्र गौचनले काठमान्डौ क्यान्सर सेन्टर रिफर गरेका हुन् । उनलाइ लिन काठमाडौंै क्यान्सर सेन्टरको गाडी नै कलंकी आएको थियो । अहिले उनको पनि २ लाख सकिएको छ ।

काठमाडौं क्यान्सर अस्पतालमा भेटिएका सवै विरामी भरतपुर क्यान्सर अस्पतालबाटै रिफर भई आएका हुन्छन् ।
काठमान्डौ क्यान्सर सेन्टरमा भरतपुर क्यान्सर अस्पतालका रेडियसन अन्कोलोजी बिभागका डा. सुरेश श्रेष्ठ र समिर शर्मा बाहेक सबैको लागनी छ । पुर्व विभागीय प्रमुख डा अन्जनी झा, डा शिवजी पौडेल, डा प्रदिप न्यौपाने, डा सुरेन्द्र गौचन, रंजन भण्डारी को ५ देखि २५ लाख लगानी रहेको छ ।

धेरै समय अस्पताल मै नबस्ने र बसे पनि आफ्नो लगानी भएको अस्पतालमा बिरामी रिफर गर्ने डा शिवजी पौडेल मेडिकल काउन्सिलका सदस्य समेत हुन् ।

यी डाक्टरहरुले चाहेमामा अस्पतालमा मेसिनहरु तन्दुरुस्त बनाएर बिरामीलाइ सस्तोमा उपचार सेवा दिन सक्छन् । तर सरकारीबाट बिरामी रिफर गरेर कमाउन पल्केका यी डाक्टरहरुले गर्दा नै दक्षिण एसिया कै नमुना अस्पताल रिफरल सेन्टरमा परिणत भएको हो ।

क्यान्सर अस्पतालमा थ्री डी सिआरटी आइएम आरटी उपचार प्रबिधि बिग्रिएको २ बर्ष भयो चार करोड मा भित्र्याएको उक्त मेसिन बनाउन कसैले चासो देखाएका छैनन् ।

बरु आएका विरामीहरुलाई सरकारी अस्पताल भन्दा आफ्नो लगानीको अस्पताल काठमाडौं क्यानसर सेन्टरमा राम्रो र छिटो उपचार हुने भन्दै रिफर गर्छन् ।

भरतपुर क्यान्सर अस्पतालका केही डक्टरहरुले अस्पतालनै बिरामी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV