९ माघ २०७४, मंगलवार

जाली तमसुक बनाएर सर्लाहीका २५ गाउँ नै ठगेका श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण शाह बिषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अदालतका न्यायाधिशले चासो देखाएकाछन् ।

हामीले श्याम परदेशीले जाली तमसुक बनाएर पीडित बनेका स्थानीयहरुका बारेमा सर्लाहीको हरीपुरमै पुगेर रिपोर्टीङ गरेका थियौ ।

साथै यस बिषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग हामीले लाइभ कुरा गरेका थियौँ । सर्लाहीका हरिपुर, लालबन्दी, ईश्वरपुर, मलंगवा लगायत ठाउँका तीन सय भन्दा बढी मानिसलाई ठगेको बिषयमा आँफुले तत्काल अनुशन्धान गरी पीडितलाई सहयोग गर्ने बताएका थिए ।

हामीले रिपोर्ट प्रशारण गरेको भोलीपल्टै पीडितहरुले प्रमुख जिल्ला अधिकारी कटुवालाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।
यस लगत्तै प्रमुख जिल्ला अधिकारी कटुवालले श्याम परदेशीलाई उपस्थित गराउन भनि प्रहरीलाई पत्राचार गरिसकेको जानकारी गराएका थिए ।

यो संगै प्रमुख जिल्ला अधिकारीकै सहयोगमा पीडितहरुले जिल्ला अदालत सर्लाहीका न्यायधीश मुकेश उपाध्यलाई भेटी गुनासो राखेका छन् ।

पीडितहरुका अनुसार न्यायधीश उपाध्यले श्याम परदेशीले लगाएका ठगी मुद्धा र जाली तमसुकको बिषयमा शुक्रबार सबै न्यायधीशहरुसँग आवश्यक छलफल गरी अघि बढ्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी र न्यायधीशको आश्वासनपछि पीडितहरुले न्याय पाउनेमा आशावादी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV