९ माघ २०७४, मंगलवार

रौतहट। चर्चित कलाकार एवं समाजसेवी धुर्मुस–सुन्तली चन्द्रपुर नगरपालिमा फाउण्डेशनले निर्माण गरिरहेका छन्। उक्त  ‘सन्तपुर एकिकृत नमूना बस्ती’को निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

४७ परिवारका लागि ४७ वटा दुई तल्ले घर, एक सामुदायिक भवन, प्राथमिक विद्यालय र मन्दिरको निर्माण कार्य पुरा भइसकेका  छन् र भ्यू टावरको निर्माण अन्तिम चरणमा पुगेका छन् । बस्तीमा बसोवास गर्ने मुसहरलाई माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ फाउण्डेशनले काम गरिरहेको छ । पाँच करोड ९५ लाखको लागतमा निर्माण सुरु गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।

मुसहर आकर्षक घरमा बस्ने मौका पाउँदा निकै उत्साहित भएका छन् । दाताहरुको सहयोगमा ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएपनि झण्डै एक करोड रकम तिर्न बाँकी रहेकोमा थप दाताको सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV