९ माघ २०७४, मंगलवार

सुर्खेत । ‘आगामी पाँच वर्षभित्र प्रदेश ६ लाई नेपालकै धनी, सवल र समृद्ध बनाउन सकिन्छ।’ प्रदेश नम्बर ६ को प्रदेशसभा सदस्य प्रकाश ज्वाला भन्छन्,

त्यसका लागि उनीसँग आगामी योजना यसप्रकार छन्ः

भन्छन्, ‘गरीबी, भोकमरी र अशिक्षाको अन्त्य गर्ने हो भने यो प्रदेश समृद्ध मात्रै होइन, नमुना नै बन्न सक्छ।’

अर्का सांसद यामलाल कँडेलको मत पनि ज्वालाकै जस्तो छ।

‘हामीसँग उपलब्ध स्रोत र साधनलाई मात्रै सदुपयोग गर्न सक्ने हो भने यो प्रदेशको समृद्धिका लागि अरु धेरै गर्नैपर्दैन’, कँडेलको भनाइ छ।

कँडेलले पनि विकासमा पछि परेको र सबैभन्दा धेरै नागरिक गरीब भएको यो प्रदेशको गरीबी अन्त्य गर्ने, भोकमरी हटाउने र शिक्षामा सबैको सहज पहुँच स्थापित गरी अशिक्षा हटाउने हो भने प्रदेश नम्बर ६ को समृद्धिलाई कसैले रोक्न नसक्ने उनको तर्क छ।

कँडेल र ज्वाला मात्र होइन, पद तथा गोपनीयताको सपथ लिएसँगै प्रदेश नम्बर ६ का सांसदहरु यो प्रदेशको चुनौती र सम्भावनाहरुबारे छलफल र बहस गर्न थालेका छन्। उनीहरुले गरीबी, भोकमरी र अशिक्षाको अन्त्य नै अब बन्ने प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।

सांसदहरुले सबैभन्दा धेरै नागरिक गरीबीको रेखामुनि रहेको यो प्रदेशलाई पाँच वर्षभित्र गरीबीमुक्त बनाउने प्रतिबद्धता जनाएका छन्।

गरीबी, भोकमरी र अशिक्षा अन्त्य गरेमा मात्र प्रदेश ६ को समृद्धि सम्भव हुनेमा उनीहरुको समान धारणा छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV