९ माघ २०७४, मंगलवार

इटहरी । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले आफूले विधिपूर्वक र आवश्यकताका कारणले गाडी किन्न लागेको दाबी गरेको छ । उनी ७८ लाख रुपैयाँमा नयाँ गाडी किन्न लागेकामा आलोचित भएको हो ।

सुब्बाले एसियाली विकास बैंकको खानेपानी परियोजनाको गाडी प्रयोग गर्दै आएका छन् । र उनका  लागि अर्को गाडी आवश्यक भएको बताए । सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मेयरले विलासी गाडी किन्न लागेको भन्दै आलोचना भएकोबारे मेयर सुब्बाले  भने, ‘कि त मेयर साइकलमै हिँड्ने नियम बन्नुपर्‍यो, होइन भने आवश्यक कामको लागि किनिएको गाडीमा किन तनाव?’

धरानको नगर परिषदबाट स्वीकृत कार्यक्रम अन्तर्गत नै आफूले नयाँ गाडी किनेको कमिसनको प्रलोभन नभई आवश्यकता रहेको  मेयर सुब्बाको जिकिर छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV