९ माघ २०७४, मंगलवार

एजेन्सी । भारतको बिहारका अधिकांश मानिसहरु घरमा शौचालय बनाउन नमानि  महिला–पुरुष सबै खुला स्थानमा दिसा–पिसाब गर्छन् । खुला स्थानमा शौच गर्नुको कारण उनीहरुमा रहेको अन्धविश्वासको डर रहेको छ ।

कसैले शौचालय बनाएमा घरको जेठो छोरो मर्ने अन्धविश्वासका कारण उनीहरु खुला स्थानमा दिसा–पिसाब गर्न बाध्य भएका हुन् ।गाजीपुर गाउँका शिक्षक सतीश कुमारकाअनुसार सन् १९८४ मा पहिलोपटक सिद्धेशवर सिंहले शौचालय बनाइरहेको समयमा उनका जेठो छोरा पप्पुको अचानक मृत्यु भयो । त्यसपछि श्यामदेव सिंहले शौचालय बनाउन सुरु गरे त्यस समयमै उनका जेठो छोरा राम प्रवेश मरे । यस्तै घटना फेरि सन् २००९ मा घटेपछि स्थानीय वासिन्दामा एक किसिमको डर उत्पन्न भयो । यस तीनओटै घटनालाई अन्धविश्वाससँग जोडेर घरमा शौचालय बनाए जेठो छोरो मर्ने हल्ला फिँजियो ।

उक्त घटनाकै कारण त्यहाँका कुनैपनि घरमा शौचालय नबनेको र अहिले यही घटना बिहारभरि फैलिएको छ  घरभित्रै बनाएको बाथरुममा नुहाउँछन् तर दिसा–पिसाब गर्न भने बारीमा जान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV