९ माघ २०७४, मंगलवार

एजेन्सी । वाई क्रोमोजोम पुरुषत्वको प्रतिक त्यति बलियो र टिकाउ नरहेको देखिएका छन्। यसमा लिङ्ग निधारण गर्ने एस.आर.वाई. नामक जीन रहे पनि अन्य खालका जिन थोरै रहने गर्छ । र, यो जीवनको अस्तित्वको लागि नभए नि हुने एक मात्र क्रोमोजोम हो ।

वाइ क्रोमोजोम तिव्र रुपमा क्षयीकरण भइरहेको  हुदा सबैभन्दा चिन्ताको विषय बनेका छन्। भविष्यमा महिलामा पूर्ण रुपमा सामान्य एक जोडा एक्स क्रोमोजोम र पुरुष एउटा एक्स र अर्को कमजोर वाई क्रोमोजोम रहने अवस्था सृजना हुने अवस्था निम्तिाएको छ ।

यहि दर कायम रहेमा वाई क्रोमोजोम अबको ४६ लाख वर्षमा पूर्णत लोप हुनेछ । यो लामो समय जस्तो सुनिएला तर पृथ्वीमा जीवन शुरु भएको ३/५ अर्ब वर्षलाई ख्याल गर्ने हो भने यो त्यति लामो होइन । वाई क्रोमोजोम सधैँ यस्तो थिएन । शुरुवाति समयको वाई क्रोमोजोमको ढाँचा हेर्ने हो भने यो एक्स क्रोमोजोमको आकारको थियो र अरु सबै जीनहरु पनि समान थिए । तर वाई क्रोमोजोममा एउटा आधारभूत खोट पाइन्छ ।

हाम्रो कोषका अरु सबै क्रोमोजोमको दुइ प्रतिलिपी रहे भन्दा फरक वाई क्रोमोजोम एउटा मात्र रहेको हुन्छ, जुन बाबुबाट छोरामा हस्तान्तरण हुन्छ । वाई क्रोमोजोम मानवमा विलुप्त भएको अवस्थामा पनि यसले पुरुषहरु पनि अनिवार्य त लोप हुन्छन भन्ने जनाउदैन । वाई क्रोमोजोम पुर्णत लोप भएको प्रजातिहरुमा पनि प्रजननका लागि महिला र पुरुषहरु आवश्यक रहेको देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV