९ माघ २०७४, मंगलवार

काठमाडौं। नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लागु औषध सहित पक्राउ परेको छ। संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत असई सुमित राज सिटौलालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले माघ ३ गते पक्राउ गरेका हुन्।

प्रहरी स्रोतका अनुसार सिटौलाको साथबाट २३ पिस नाईट्रोभ्याट र १ सय १० ग्राम गाँजा बरामद गरिएको छ । २ फाईल नाइट्रोभ्याट (३० पिस) मध्ये सिटौलाले ७ पिस आफैंले सेवन गरेको बताईएको छ । संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत सिटौला घट्नास्थल विशेषज्ञ तालिम (सोको) का लागि काठमाडौं आएका थिए ।

तालिम स्थलबाट बाहिर निस्केर गाँजा सेवन गर्दै गरेको अवस्थामा  उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। संघिय प्रहरी कार्यालय बाग्मतीका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले आफू मातहत कार्यरत असई सुमित राज सिटौला पक्राउ परेको स्वीकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV