९ माघ २०७४, मंगलवार

काठमाडौँ । दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण भैरहेका छन्। जल तथा मौसम विज्ञान विभागले बबरमहलस्थित निर्माणाधीन भवन बनेरहेको छ ।

विभागका महानिर्देशक डा. ऋषिराज शर्माले  दक्षिण एशियाकै पहिलो हुने जानकारी दिएको हो । चार रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनमा बढीभन्दा बढी सौर्य ऊर्जा प्रयोग गरिनेछ । ‘एयर टनेलिङ’ को व्यवस्था गरिने हुँदा यसले भवनको प्रत्येक कोठाको तापक्रम एउटै बनाउन मद्दत गर्छ । सामान्यतः वायुमण्डलमा तापक्रमको घटबढ असाध्यै धेरै हुन्छ । जमिनको पाँच/दश मिटर तलतिर जाँदा तापक्रमको भेरिएसन बिहान, दिउँसो र राति त्यति धेरै हुँदैन ।

भवनमा मौसमी सूचना प्रवाह गर्न अत्याधुनिक मौसमी टिभी स्टुडियो, मौसमी उपकरण गुणस्तर मापनको प्रयोगशालालगायत अन्य थुप्रै प्रयोगशाला रहनेछ । विभागका अनुसार हाल भवनको करिब ४० प्रतिशत काम सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV