९ माघ २०७४, मंगलवार

काठमाडौं। आयल निगमको जग्गा खरिद भ्रष्टाचार काण्डमा परेका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बयान सुरु गरेको छ ।

खड्काको बयान अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बुधबार पनि लिइने जानकारी दिए।अख्तियारले खड्कासँग महँगो दरमा जग्गा खरिद,र सार्वजनिक निकायका लागि आवश्यक जग्गा अधिकरण गर्ने प्रक्रिया अवलम्बन नगर्नु आदि जस्ता कारणबारे बयान लिएका हुन्। जग्गा खरिदमा अनियमितता र पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको दुवै अभियोगमा बयान लिने अख्तियारको तयारी रहेको छ।

खड्काको मुद्दामा सर्वोच्चले असोज २२ गते निलम्बन गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो। ०७१ माघ १४ देखि आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका खड्का आफ्नो कार्यकालभरि विवादित रहेको थियो।

 

 

 

LIVE TV