९ माघ २०७४, मंगलवार
  • हरिकृष्ण गौतम

म्याग्दी । करिब ८ करोड रुपैयाँ बराबरको कारोबार गर्दै छैटौं म्याग्दी महोत्सव सम्पन्न भएको छ । उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं भन्ने नाराका साथ सुरु भएको महोत्सवमा १ लाख ८५ हजारले अवलोकन गरेका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुस २८ गतेबाट सञ्चालन भएको महोत्सवले स्थानीय विकासमा योगदान पु¥याएको निष्कर्ष निकालिएको छ । ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला समेत नाम दिइएको उक्त महोत्सवमा उल्लेख्य सहभागीता रहेको थियो । अपेक्षा गरेभन्दा करिव २५ हजारको हाराहारीमा धेरै दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रहरूमा लगानीको वातावरण बनाएको उद्योग वाणिज्य संघको निष्कर्ष रहेको छ ।

महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिइएको थियो । ५० बर्ष अगाडीको म्याग्दी जिल्लाको चित्रलाई फोटो प्रर्दशनी मार्फत प्रदर्शन गरिएको महोत्सवको ऐतिहासिक पाटो बन्यो । महोत्सवमा टिकट विक्री, विभिन्न संघसंस्थाबाट १ करोड १५ लाख आर्थिक सहयोग गरिएको छ ।

LIVE TV