९ माघ २०७४, मंगलवार

सुदर्शन थापा र पुजा थापाको फिल्म ‘म यस्तो गीत गाउँछु’ को ‘किन आजकल’ को भिडियोलाई सामाजिक सञ्जाल युट्युवमा एक करोड भन्दा बढि पटक हेरिएको छ ।

अहिलेसम्म यो गीतको भिडियोलाई एक करोड २९ लाख भन्दा बढी पटक हेरिएको छ ।

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ को सबै गीतहरु हिट छन् । भन्छु आज, किन आजकल र कहाँ छ र जीन्दगीको भर लाई दर्शक तथा श्रोताले अत्याधिक रुचाएका छन् । तीनै गीतलाई पोखरेलले संगीत दिएका छन् ।

अर्जुन पोखरेलको संगीत रहेको फिल्मको यो दोश्रो गीत करोड क्लवमा पुगेको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीतकार पोखरेलकै स्वर छ ।

कविराजज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा पल शाह र पूजा शर्मा फिचरिंग छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV