९ माघ २०७४, मंगलवार

खजुरा, बाँके। जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगञ्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा उक्त शीतभण्डार निर्माण शुरु गरेको हो ।

करिब १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुनबाट सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले बताउनुभयो । नेपालगञ्जबाट करिब पाँच किलोमिटर पश्चिमतर्फ गुलरिया सडकअन्तर्गत खजुरा नजिक दुई बिगाहा जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । विसं २०७१ वैशाखदेखि शीतभण्डार निर्माण शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV