९ माघ २०७४, मंगलवार

काठमाडौं । निर्देशक सुदर्शन थापा र अभिनेत्री पुजा थापाले बनाउन लागेका नयाँ फिल्मको नाम जुरेको छ । फिल्मको नाम ‘रामकहानी’ राखिएको छ ।

लभस्टोरी र कमेडी कथामा बन्न लागेको यो फिल्मको नामसँगै अभिनेता पनि फाइनल भएको हो । पूजाको फिल्ममा अभिनेता आकाश श्रेष्ठको इन्ट्री भएको छ ।

पूजासँग यस अगाडि आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह लगायतका कलाकारले काम गरिसकेका छन् । आकाश अहिले फिल्म ‘ड्रिम गर्ल’मा काम गरिरहेका छन् ।

सुदर्शनको निर्देशनमा काम गरेका पल र प्रदिप अहिले स्टार भैसकेका छन् । यो फिल्मको छायांकन फागूण १ गतेबाट सुरु हुँदैछ ।

फिल्ममा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारसमेत फाइनल भैसकेका छन् ।

अहिले यो फिल्मको धमाधम कथामा काम भैरहेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV