९ माघ २०७४, मंगलवार

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ ।

ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बोलको हाल छायाङ्कन भइरहेको छ । दरबारमार्गको एक क्लबमा छायाङ्कन भइरहेको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारीले जोडी बाँधेका छन् ।

भिडियाको कोरियोग्राफी विक्रम स्वारले गरेका छन् । सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्र अनुरागमा एलिजाको अपोजिट समुन्द्र पण्डित छन् । साङ्गीतिक प्रेम कथामा तयार भएको चलचित्रलाई एरिका फिल्म्सको ब्यानरले निर्माण गरेको हो । चलचित्रमा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत रहेको चलचित्रमा रामकुमार के.सीको छायाङ्कन छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV