९ माघ २०७४, मंगलवार

काठमाडौं । एमाले निकट कर्मचारीहरुले सरकारले पठाएको जुन सुकै स्थानमा जान तयार रहेको घोषणा गरेका छन् । तर, प्रदेश वा स्थानीय तहमा पठाउँदा एक तह बढुवा हुनु पर्ने माग अघि सारेका छन् ।

सरकारले प्रदेश र स्थानीय तहहरुमा आवश्यकता अनुसार कर्मचारी पठाउन सकेको छैन । कर्मचारी समायोजन तथा व्यवस्थापन ऐनमा स्वच्छिक अवकास वा खटाएको ठाउँमा जाने दुई विकल्प अघि सारिएको छ ।

तर, पनि शेरबहादुर देउवा सरकारले प्रदेश र स्थानीय तहमा सरकार पठाउन सकेको छैन । अब कर्मचारी खटनपटकको जिम्मा नयाँ सरकारतिर सर्ने देखिएको छ र नयाँ सरकारको नेतृत्व एमालेले गर्ने पक्का छ ।

नयाँ सरकारलाई सघाउने योजनासहित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले खटाएको ठाउँँमा जान तयार रहेको घोषणा गरेको छ ।

विधि र मापदण्ड पुर्‍याएर समायोजन गरिए संघका पदाधिकारी र सदस्य जुनसुकै तह र स्थानमा जान तयार रहेको अध्यक्ष केदार गौतमले बताए ।

तर, संघबाट प्रदेश तह वा स्थानीय तहमा पठाउँदा सचिव र सहसचिवको जस्तै अरुको पनि एक श्रेणी बढुवा गर्नु पर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV