९ माघ २०७४, मंगलवार

काठमाडौं । निर्वाचन आयोगले सपथग्रहण नगरेका प्रदेशसभा सांसदलाई राष्ट्रियसभा चुनावमा भोट हाल्न दिने नदिने भन्ने बारेमा मंगलबार निर्णय गर्दै छ । आयोगले निकालेको मतदाता नामावलीमा सपथ ग्रहण नगरेका प्रदेश सांसदको पनि नाम रहेकाले ती नाम हटाउनु पर्ने भन्दै उजुरी परेको थियो ।

सपथ ग्रहण नगरेको कारण डोटीका प्रदेशसभा सांसद भरतबहादुर खड्का र मनाङका सांसद दिपक मनाङे भनिने राजिव गुरुङका विरुद्धमा उजुरी परेको छ । खड्काले अस्वस्थ भएका कारण सपथ लिनु भएको थिएन ।

मनाङेलाई भने प्रहरीले खोजि गरिरहेको छ । यस्तै प्रदेश नम्बर ४ कै सांसद राजबहादुर गुरुङले पनि विदेशमा रहेका कारण सपथ लिनु भएको छैन । सपथग्रहण नगरेका प्रदेश सांसदले राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने नपाउने आज निर्णय गरेर राष्ट्रियसभा चुनावको अन्तिम मतदाता नामावली आजै सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV