९ माघ २०७४, मंगलवार

एजेन्सी । अनुस्का र प्रभासबीच गहिरो प्रेममा रहेको तथा इंगेज्मेन्ट गर्ने तयारीमा रहेका समाचार आइरहेका बेला अनुस्काले प्रेमसम्बन्धबारे सबैलाई चकित पार्ने प्रतिक्रिया दिएकी छिन् ।अभित्रेनी अनुस्कार सेठ्ठीले अभिनेता प्रभावसँग आफ्नो कुनै पनि प्रकारको अफेयर नरहेको प्रतिक्रिया दिएकी छिन् ।

उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी गरेकी छिन् । ‘म र प्रभासबीच विशुद्ध साथीको सम्बन्ध छ । त्योभन्दा अरु केही पनि छैन’, उनले भनेकी छिन्, ‘उनी र म बिहे गर्ने खबर सरासर झुटो र निराधार हो । जब म बिहे गर्छु, सबैलाई खबर गर्नेछु । मेरो परिवारले खोजेको केटासँग नै म बिहे गर्नेछु ।’

‘म आफ्नो निजी जिन्दगी नितान्त निजी राख्न चाहन्छु’, उनले भनेकी छिन्, ‘तर, मिडियाले अनावश्यक खबर प्रकाशन गर्छन् । म कसैको प्रेममा छैन । म निजी जीवनका कुरा समाचारमा ल्याउनै चाहन्नँ ।’ अनुस्काले मिडियाले कुरा नबुझिकनै समाचार बनाउने गरेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV