९ माघ २०७४, मंगलवार

तुलसीपुर । दाङको तुलसीपुरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्यायनमै सीमित भएको छ ।
जिल्लाको नारायणपुरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना बनेको ६ वर्ष बितिसक्दा समेत अध्ययनमै सीमित हो ।

सरकारले हालसम्म विमानस्थलको अध्ययनमा मात्र बजेट विनियोजन गरिरहेको छ । विमानस्थल निर्माणस्थलको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टसहितको प्राविधिकहरुको टोलीले १० माघ ०६८ मा अध्ययन गरेको थियो । त्यसपछि अध्ययन टोली पटक–पटक आए पनि निर्माण शुरु हुन सकेको छैन ।

सरकारले आलु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकनका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । ‘चालु आवमा अध्ययनबाहेक अन्य कुनै शीर्षकमा बजेट विनियोजन भएको छैन,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने ।

१० चैत ०६८ मा बीडीए कन्सल्टेन्सी काठमाडौंका प्राविधिकहरुले गुर्जेखोलादेखि पश्चिम हापुर खोलासम्म र उत्तर मावि निघुवारदेखि दक्षिण घोराही–तुलसीपुर सडकसम्म सर्वे गरेका थिए । उक्त क्षेत्रमा रहेको १७ सय ७५ विघा १९ कठ्ठामा सम्भाव्यता अध्ययन गरिएको थियो ।

त्यसमध्ये करिब ६ सय ५० विघा सरकारी जग्गा हो । ६ किलोमिटर लम्बाइ र साढे तीन किमि चौडाइको उक्त जमिन विमानस्थलका लागि उपयुक्त रहेको प्राविधिकहरुको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV