९ माघ २०७४, मंगलवार

जाँजरकोट । भाइरल प्रकोपले ग्रस्त बनेको जाजरकोटमा खाद्यान्न अभाव देखिएको छ । जाजरकोटका ग्रामीण भेग जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको हो ।

आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन् । एक कट्टा चामल १५ सयदेखि २ हजार रुपैयाँमा किनेर गुजारा चलाउने गरेका स्थानीयले त्यही पनि नपाउँदा अप्ठ्यारो परेको समाचार अन्नपूर्णमा छ ।

खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगन्जको चरम लापरबाहीका कारण अनुदानको चामल लक्षित वर्गसम्म नपुगेको हो। ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV