९ माघ २०७४, मंगलवार

काठमाडौं । माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ । वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको मागमा परेको छ ।

माओवादी नेताहरुका अनुसार त्यही सिटमा वादललाई पठाउने तयारी भइरहेको एक नेताले बताए । ‘उहाँलाई राष्ट्रियसभामा पठाउने तयारी छ, यसमा लगभग सहमति छ’ एक नेताले भने ।

अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा मात्र होइन, एमाले र माओवादी शीर्ष नेताहरु रहेको पार्टी एकता संयोजन समितिमा नै श्रेष्ठलाई राष्ट्रियसभामा जाने प्रस्ताव गरेका छन् ।

तर, गोरखा २ मा प्रत्यक्ष चुनाव लडेका श्रेष्ठ रष्ट्रियसभाको चुनाव नलड्ने मुडमा देखिएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV