९ माघ २०७४, मंगलवार

गोरखा । सांसद्का प्रकाशचन्द्र दवाडीले आफूले सांसद्को सदस्य रहेसम्म सरकारबाट प्राप्त सबै सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताएका छन् ।

गोरखा क्षेत्र नम्वर २ ‘ख’ बाट प्रदेश शांसदमा निर्वाचित दवाडीले सोमवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले भने मैले पाउने सेवा सेवा सुविधा खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उक्त रकम खर्च गर्छु।

‘सांसदले पाउने सुविधा म लिन्नँ, वडाहरुको विकासमा खर्चिन्छु,’ ।उनले आफ्नो क्षेत्र मात्र नभई समग्र गोरखा जिल्लाको विकास निर्माणमा अग्रसर रहने बताए । प्रत्येक वडामा १२ महिना गाडी गुड्न मिल्ने मोटरबाटोसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका योजनालाई प्राथमिकता दिने उनले पत्रकार सम्मेलनमार्फत् जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV