८ माघ २०७४, सोमबार

सञ्जय लिला भन्साली निर्देशित फिल्म पद्मावतको विरोध भइरहेको छ । करणी सेना र थुप्रै राजपूत संगठनहरुले फिल्म रिलिज हुन नदिने धम्की दिइरहेका छन् । जबकी भारतको सर्वोच्च अदालतले फिल्म प्रदर्शनका लागि बाटो खुला गरिदिएको छ ।

यो फिल्म आगामी बिहीबार (जनवरी २५) बाट भारतमा प्रदर्शन हुने तय छ । फिल्मका विषयमा विवाद बढ्ने देखिएकै कारण निर्माण पक्षले पद्मावतीको सट्टा फिल्मको नाम पद्मावत राखेको थियो ।

त्यस्तै फिल्मको चर्चित गित ‘घुमर’ को भिडियोलाई पनि परिवर्तन गरिएको छ । तर पनि विरोध कम भएको छैन । साहिद कपूर, रणविर कपूर र दिपिका पादुकोणजस्ता मल्टिस्टारर अभिनित यस फिल्म विवादपछि आफैं चर्चामा तानिएको छ ।

जसका कारण निर्माण टिमले प्रचार-प्रसार गर्नुपर्ने आवश्यकता नै देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV