८ माघ २०७४, सोमबार

बाँके। एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिद्वारा संचालित  प्लान्ट लगभग १० करोड रुपैयाँ लागतमा निर्माण भएको कम्पनीले जनाएका छन् ।

प्लान्ट स्थापनासँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन, नाइट्रोजन ग्यास र लिक्विड सहजै प्रवाह हुने एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिका संचालकले जानकारी दिएको हो । बाँकेका युवा व्यवसायीहरु सम्मिलित ग्यास उद्योगमा हरिओम ग्रुपको लगानी रहेको र एचओ अक्सिजन इन्डष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट भएको संचालकले दाबी गरे ।

अक्सिजन र नाइट्रोजन ग्यास सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउन उद्योग सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV