८ माघ २०७४, सोमबार

काठमाडौं । फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सि ओ डब्लु काउ’ रिलिज भएको छ । गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो ।

गीत रिलिज बारे अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ। मेलिना राईले उनलाई स्वरमा साथ दिएकी छिन् ।

गीतमा मुख्य फिचरिङ अभिनेत्री रीमा विश्वकर्माको रहेको छ। साथै कोरियोग्राफर गम्भीर विष्ट, विनोद न्यौपाने र केकी पनि देखिएका छन्।

केकीले यसै फिल्मबाट निर्माताको परिचय बनाएकी छन् । पोस्ट(प्रोडक्सन फेजमा रहेको ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV