८ माघ २०७४, सोमबार

लण्डन । बेलायतमा ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क कार्यालय स्थापना गरेका छन् । ग्लोबल आइएमई बैंकको यो सम्पर्क कार्यालय भएपनि भविष्यमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सहयोग भए बैंक शाखा नै खोल्ने रहेको छ ।

बैंकका सीइओ जनक शर्मा पौडयालले ग्लोबल आइएमई बैंक सन् २००७ मा स्थापित नेपालको ‘क’ वर्गको वाणिज्य बैंक भएको र बैंकको अष्ट्रेलियाको सिड्नी र भारतपछि यूके तेश्रो सम्पर्क कार्यालय भएको जानकारी दिए ।

ग्लोबल आइएमई बैंक लिमिटेडको बेलायतमा सम्पर्क कार्यालयबाट नेपालको जुनसुकै शाखामा खाता खोल्न र आफ्नो रेमिट्यान्स भुक्तानी सिधै आफ्नो बैंक खातामा गर्न सकिने बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV