८ माघ २०७४, सोमबार
  • सन्तोष काफ्ले,

सुनसरी । सरकारले सरकारी तथा सरकारी स्वामित्वमा रहेका अस्पतालहरुलाई आफै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको २ बर्ष भन्दा वढि भइ सक्यो ।

केही अस्पतालहरुले वाहेक अन्यले यो निर्देशनलाई अझै कार्यान्वयनमा ल्याउन सकेका छैनन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने विकल्प विना नै अस्पलातमा समित्वमा रहेका अस्पतालहरुलाई आफै औषधि पसल सञ्चालन गर्न निर्देञ्चालनमा रहेको फार्मेसी वन्द गरे पछि उपचारमा आएका विरामीहरु मर्कामा परेका छन् ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विना विकल्प तथा विना सुचना २ दिन अघि अस्पताल भित्र सञ्चालनमा रहेको फार्मेसी बन्द गरे सगै विरामी सास्ती खेप्न बाध्य भएका छन् ।

अस्पतालमा औषधि पसल सञ्चालन गरिरहेको निजी व्यवसायीलाई हटाए पनि प्रतिष्ठान आफैले औषधि पसल सञ्चालन नगर्दा प्रतिष्ठानमा उपचार गर्न आउने सेवाग्राहीहरु करिव १ किलो मिटर दुरी सम्म पुगेर औषधि खरिद गर्न बाध्य छन् ।

प्रतिष्ठानको आकस्मिक कक्षमा दुइ महिना देखि औषधि बिक्री बन्द छ । औषधि पसल बन्द भएको २ महिना हुँदा समेत प्रतिष्ठानले अझै फार्मेसी सञ्चालन गर्न सकेको छैन ।

आकस्मिक कक्षमा मात्र नभई अस्पतालको स्त्रि रोग विभागको वार्ड डेलिभरी लगायतको उपचार गर्न आएका सेवाग्राही झन् धेरै समस्यामा छन् ।

आकस्मिक अप्रेशन गरि डेलिभिरी गराउन आवश्यक औषधि तत्काल उपलब्ध नहुँदा उपचारमा समेत समस्या भएको चिकित्सकहरुकै स्वीकारोक्ति छ । एक किलोमिटर हिडेर औषधि ल्याउँदा उपचारमा समस्या हुने गरेको सेवाग्राही वताउछन् ।

त्यसो त प्रतिष्ठानले डेढ वर्ष अगाडिनै फार्मेसी सञ्चालनको लागि भनेर एक जना एसोसिएट प्रोफेसर पनि नियुक्ति गरि सकेको छ तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

फार्मेसीको कर्मचारीको लागी पनि टेण्डर आव्हान गरि केटिएम सेक्युरेटीले पाइसकेको छ । प्रतिष्ठान व्यवस्थापनले गम्भीर र जिम्मेवार नबन्दा विरामी र विरामीका आफन्त समस्यामाथि समस्या खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV