८ माघ २०७४, सोमबार

कैलाली । सपथ ग्रहण नगरेको कारण डोटीका प्रदेशसभा सांसद भरतबहादुर खड्कालाई राष्ट्रियसभा चुनावमा भोट हाल्न नदिनु भन्दै निर्वाचन अधिकृतको कार्यालय डोटीमा उजुरी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले आज उजुरी सुचि प्रकाशित गर्दै खड्का विरुद्ध सपथ ग्रहण नगरेकाले उजुरी परेको उल्लेख छ । डोटीकै बासिन्दा विष्णु सिंहले खड्काविरुद्ध सपथ ग्रहण नगरेकाले राष्ट्रियसभा चुनावको मतदाता नामावलीबाट नाम हटाईनुपर्ने माग गर्दै उजुरी दिएको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार दिउँसो ३ बजेसम्म उजुरी खण्डन गर्न आवश्यक प्रमाण पेश गर्न आग्रह गरेको छ ।

मंगलबार दिउँसो ३ बजेसम्म प्राप्त प्रमाण अनुसार कारवाहीको प्रक्रिया अगाडी बढ्ने निर्वाचन अधिकृत पनेरुले बताउनुभयो । प्रदेश नम्वर ७ मा रहेका ५३ जना प्रदेशसभा सांसद मध्ये खड्का बाहेक सबैले आइतबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।

खड्काले भने अस्वस्थता कारण सपथ लिनु भएको थिए । यस्तै प्रदेश नम्बर ४ का सांसद दिपक मनाङे भनिने राजीव गुरुङविरुद्ध पनि उजुरी परेकाले निर्वाचन आयोगले दुवै उजुरी हेरिरहेको पनेरुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV