८ माघ २०७४, सोमबार

अफगानिस्तान । अफगानिस्तानी सुरक्षा फौजले गरेको कारबाहीमा परी ५० भन्दा बढी लडाकूहरु मारिएका छन् ।

कुन्दुुज प्रान्तमा तालिवान लडाकूहरू विरुद्ध गरिएको कारबाहीमा उनीहरु मारिएको र अरु ३० जना घाइते भएको पनि अफगानी सेनाका एक जना प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

प्रवक्ता गुलाम हज्रात कारिमीले कुन्दुज प्रान्तको चार डारा जिल्लामा एक हप्ता अगाडीदेखि सुरु भएको सुरक्षा कारबाही आइतबार राती सकिएको बताउनुभयो ।

तालिवान लडाकूहरूको नियन्त्रणमा रहेका दश गाँउ पनि सेनाले अहिले आफ्नो नियन्त्रणमा लिएको उहाँको भनाई छ ।

प्रवक्ता कारिमीका अनुसार एक हप्ते सुरक्षा कारबाहीका क्रममा २० जना तालिवान लडाकूहरुलाई सरकारी सुरक्षाफौजले पक्राउ गरेको छ ।

दुई पक्षकाबीचमा भएको भिडन्त र द्वन्द्वका कारण झण्डै दुई हजार भन्दा बढी परिवार विस्थापित पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV