८ माघ २०७४, सोमबार
  • राजु कोइराला

सुर्खेत । नेकपा एमालेको ६ नम्वर प्रदेशको संसदिय दलको आज बसेको बैठकले प्रदेश सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ ।

६ नम्वर प्रदेश कमिटिका सह संयोजक एंव प्रदेश सभा सदस्य यामलाल कडेँलको अध्यक्षतामा वसेको वैठकले यस प्रदेशमा एमालेको बहुमत भएका कारण मुख्य मन्त्री दावी गरेको हो । यस अघि बाम गठबन्धबाट ६ नम्वर प्रदेशमा माओवादी केन्द्रले पाउने चर्चा चलिरहेका वेला एमालले यस्तो अडान गरेको हो ।

यस प्रदेशको म्ुख्य मन्त्रीमा एमालेबाट यामलाल कडेँल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीको चर्चा छ । एमालेको संसदीय दलको अर्को वैठकले संसदीय दलको नेता तथा सचेतक चयन गर्ने छ ।

नेकपा एमालेको ६ नम्वर प्रदेशको संसदिय दलको बैठकले प्रदेश सरकारको नेतृत्व नछाड्ने निर्णय

प्रतिक्रिया दिनुहोस्

LIVE TV