८ माघ २०७४, सोमबार

सल्यान । सल्यानको त्रिवेणीमा भएको बस दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । बसमा सवार अन्य २६ जना घाइते भएका छन् ।

रुकुमबाट दाङका लागि छुटेको मालिका कालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस सल्यान त्रिवेणी गाउँपालिकाको लुहाम नजिकै भाटाखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले उद्धार कार्य जारीराखेको छ । ३० जना सवार रहेको बस के कारणले दुर्घटनामा परेको हो भन्ने बारेमा खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV