८ माघ २०७४, सोमबार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति बिभिन्न आलोचना खेपीरहेका बाबजुत अझै दलको नेता बन्न चाहानुहुन्छ । देउवा चार पटक प्रधानमन्त्री भइसकेका नेता हुनुहुन्छ । तर उहाँकै नेतृत्वमा कांग्रेस दोस्रो, त्यो पनि पहिलो दल एमाले भन्दा निकै सानो हैसियतमा पुगेको छ ।

केन्द्रमा मात्र होइन, सात वटै प्रदेशमा कांग्रेसको सरकार बन्ने अवस्थानै छैन । तर पनि देउवा संसदीय दलको नेता बन्न मरिहत्ते गर्दैहुनुहुन्छ ।

सूत्रहरुका अनुसार यसका दुई कारण छन्ः पहिलो, देउवा एमाले र माओवादी एकता हुन्छ र उनीहरुले ५ वर्ष सरकार चलाउँछन् भन्ने मान्न तयार छैनन् । त्यसैले अहिले दलको नेता भएर भोलि प्रधानमन्त्री हुने बाटो खुला राख्न चाहानुहुन्छ ।

दोस्रो, उहाँ चुनावी हार स्वीकार गर्न तयार हुनुहुन्न । एक नेताले भन्नुभयो, ‘संसदीय दलको नेता छाड्नु भनेको हार स्वीकार गर्नु हो, जुन मान्न उनी तयार छैनौ ।’

देउवाको बुझाइ छ कि कांग्रेसले चुनाव आफू वा पार्टी नेतृत्वका कारण हारेको होइन । दोस्रो र तेस्रो ठूला दल मिलेकाले मात्र कांग्रेस पछि परेको मात्र हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV