८ माघ २०७४, सोमबार

काठमाडौं। तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपाललाई निकै फाइदा हुन्छ । भिंडिको प्रयोगबाट जवान देखिनुको साथै ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि समस्याको समाधान गर्न सकिन्छ  ।

सुन्दर छाला:  भिंडिलाई काटेर सफा पानीमा आधि घण्टा भिजाएर राखेपछि कपासको मद्धतले अनुहारमा लगाई सुकाएपछि सफा पानीले मुख धुनुपर्छ। जसले छालालाई सुन्दर बनाउँछ । भिंडिमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ । छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिंडिमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ । जस्ले छालाको दागहरु हटाउँछ । र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ ।

सुन्दर कपाल:  भिंडिलाई सानो गरि काटीपछि उमालेको पानीमा हाल्ने र चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाइ र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ । जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।

फेसपेक: कन्डिसनर बनाएर बाँकी भएको भिंडिलाई पिसेर पेस्ट बनाई अनुहारमा लगाइ १५ – २० मिनेट लगाई सफा पानीले मुख धुदा राम्रो हुन्छ ।

सन्दर खुट्टा : भिंडिको पेस्ट खुट्टामा राम्ररी लगाई मसाज गरि सुकेपछि सफा पानीले धुदा यसबाट खुट्टा सुन्दर देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV