८ माघ २०७४, सोमबार

काठमाडौं । रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाट खोलामा दुर्घटना हुदाँ ३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

ना ५ ख ५३१ नम्बरको यात्रुबहाक गाडी खोलामा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरत विकले बताए । बस सडकबाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।

३० जना बोकेको बसमा सवार सबै यात्रु घाईते भएका छन् भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV