८ माघ २०७४, सोमबार

काठमाडौं।  नेको इन्स्योरेन्सले माघ २६ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ३९ लाख २० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको हो ।

माघ ९ गतेसम्म कायम शेयरधनिले दुई कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद भर्न पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हकप्रद आवेदनको लागि एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका शाखा कार्यालयहरु तथा आस्वा सुविधा भएका बैंक तथा वित्तीय संस्थाहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गरेसँगै संस्थापक शेयर धनीहरुको ६० प्रतिशत अर्थात ७० करोड ५७ लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीहरु तर्फ ४० प्रतिशत अर्थात ४७ करोड ५ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV