८ माघ २०७४, सोमबार

धनकुटा । धनकुटामा पाँच दिन देखि लगाइएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाइएको छ ।

बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि छोटो समयका लागि निषेधज्ञा हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले जानकारी दिनुभयो ।

सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि धनकुटामा आन्दोलन चर्किएको थियो । सरकारी कार्यालय र सवारी साधानमा तोडफोड र आगजानी हुन थालेपछि स्थानीय प्रशासनले माघ ४ गते बिहीबारदेखी कर्फ्र्यु र माघ ५ गते देखि निषेधाज्ञा जारी गरेको थियो ।

‘तत्कालको लागि बजार र यातायात सहज बनाउनको लागि निषेधज्ञा खोलेका छौ, फेरी आन्दोलन सुरु भए यो जारी रहन्छ ।’ प्रजिअ उप्रेतिले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV